हार्दिक अनुरोध तथा सहयोगसम्बन्धी जानकारी

रसुवाका बाढी तथा पहिरोपीडित परिवारहरूको सहयोगार्थ NRNA Chiba को पहलमा सञ्चालन गरिएको राहत सहयोग अभियानअन्तर्गत हालसम्म निम्नानुसार सहयोग रकम संकलन भएको जानकारी गराउँदछौँ।

सहयोगदाता तथा सहयोग रकम:

  1. NRNA Chiba — ¥200,000
  2. Raazan Babu Subedi — ¥30,000
  3. Saroj Giri — ¥30,000
  4. Nabin Niure — ¥20,000
  5. 株式会社磯太郎フーズ
    代表取締役社長 千葉 利彦 様 — ¥100,000
  6. Ramesh Giri — ¥10,000
  7. Rajan Bhattarai (Bickey Bro) — ¥31,111
  8. 株式会社ワールドアライアンス
    代表取締役 小坪 洋一 様 — ¥30,000
  9. 行政書士本間事務所
    本間 宏揮 様 — ¥100,000
  10. Dhunge Dhara Party Palace
    Minami-Gyotoku, Chiba — ¥130,000

हालसम्म संकलित कुल सहयोग रकम: ¥681,111

अब हामी यस सहयोग संकलन अभियानलाई औपचारिक रूपमा समापन गर्ने तयारीमा छौँ।

यस अभियानमा संस्थागत वा व्यक्तिगत रूपमा सहयोग तथा सहकार्य गर्न इच्छुक व्यक्ति, व्यवसाय वा समूहहरू हुनुहुन्छ भने कृपया यथाशीघ्र हामीलाई जानकारी गराइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।

सहयोग सानो वा ठूलो भन्ने हुँदैन। विपद्को यस कठिन घडीमा एकताबद्ध भई नेपाल र नेपालीहरूको साथमा उभिनु नै हाम्रो मुख्य उद्देश्य हो।

यस मानवीय अभियानमा सहयोग गर्नुहुने सम्पूर्ण सहयोगदाता, शुभेच्छुक तथा सहकार्य गर्ने महानुभावहरूप्रति NRNA Chiba परिवार हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछ।

NRNAChiba #RasuwaFloodRelief #SupportNepal #NepaliCommunityJapan #TogetherForNepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *