गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् जापान, क्षेत्रीय समन्वय परिषद् चिबाको आयोजनामा जापानको चिबा प्रिफेक्चरस्थित फुनाबाशी केइबाजो (Funabashi Keibajo) मा आगामी २०२६ सेप्टेम्बर १९ र २० तारिख आयोजना हुन गइरहेको दोस्रो चिबा नेपाल सांस्कृतिक फेस्टिवल २०२६ बारे यहाँहरू अवगत नै हुनुहुन्छ।
नेपाली भाषा, कला, संस्कृति तथा परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्दै जापानमै जन्मिएका तथा हुर्किरहेका नयाँ पुस्ताका बालबालिकाहरूलाई नेपाली पहिचान, संस्कार तथा संस्कृतिबारे जानकारी गराउने मुख्य उद्देश्यका साथ आयोजना हुन लागेको यस ऐतिहासिक कार्यक्रममा सहभागी हुन तथा आफ्नो व्यवसाय, उत्पादन एवं सेवालाई हजारौँ नेपाली तथा जापानी दर्शकमाझ प्रस्तुत गर्ने उद्देश्यले निर्धारित समयभित्र स्टल बुकिङ गरी आफ्नो स्थान सुरक्षित गर्नुहुने सम्पूर्ण व्यवसायी तथा उद्यमीहरूलाई आयोजक परिवारको तर्फबाट हार्दिक धन्यवाद तथा स्वागत व्यक्त गर्दछौँ।
फेस्टिवलका लागि २०२६ जुन ९ गते बेलुका ७:०० बजेदेखि २०२६ जुन १९ गते बेलुका ७:०० बजेसम्म स्टल बुकिङ खुला गरिएको थियो। उक्त अवधिभित्र प्राप्त भएका सम्पूर्ण आवेदनहरूलाई आधार मानी यसैमार्फत फुड स्टल (Food Stall) बुकिङको समयावधि समाप्त भएको जानकारी गराइन्छ।
साथै, निर्धारित समयभित्र स्टल बुकिङ गर्न नसक्नु भएका महानुभावहरूलाई जानकारी गराउँदै बुप्पान (Buppan) स्टल बुकिङ सम्बन्धी सूचना तथा आवेदन प्रक्रिया छिट्टै सार्वजनिक गरिने व्यहोरा समेत अनुरोध गर्दछौँ। धन्यवाद।



