गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् जापान, क्षेत्रीय समन्वय परिषद् चिबाको आयोजनामा जापानको चिबा प्रिफेक्चरस्थित फुनाबाशी केइबाजो (Funabashi Keibajo) मा आगामी २०२६ सेप्टेम्बर १९ र २० तारिख आयोजना हुन गइरहेको दोस्रो चिबा नेपाल सांस्कृतिक फेस्टिवल २०२६ मा सहभागी हुन इच्छुक सम्पूर्ण व्यवसायी, संघ–संस्था तथा उद्यमी महानुभावहरूका लागि स्टल बुकिङ खुला गरिएको जानकारी गराउँदछौँ।


नेपाली भाषा, कला, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धन गर्दै जापानमै जन्मिएका तथा हुर्किरहेका नयाँ पुस्ताका बालबालिकाहरूलाई नेपाली पहिचान, संस्कार तथा संस्कृतिबारे जानकारी गराउने मुख्य उद्देश्यका साथ आयोजना हुन लागेको यस ऐतिहासिक कार्यक्रममा सहभागी भई आफ्नो व्यवसाय, उत्पादन तथा सेवालाई हजारौँ नेपाली तथा जापानी दर्शकमाझ प्रस्तुत गर्ने अवसरको लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौँ।


