हामी प्रवासमा रहेर पनि नेपाली भाषा, कला, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धन गर्दै जापानमै जन्मिएका तथा हुर्किरहेका नयाँ पुस्ताका बालबालिकाहरूलाई नेपाली पहिचान, संस्कार र संस्कृतिबारे जानकारी गराउने उद्देश्यले दोस्रो चिबा नेपाल कल्चरल फेस्टिभल २०२६ आयोजना गर्ने तयारीमा जुटिरहेका छौं।
उक्त कार्यक्रमलाई भव्य, सभ्य र सफल बनाउन यहाँहरूको साथ, सहयोग, सुझाव तथा सक्रिय सहभागिता अत्यन्त महत्वपूर्ण रहनेछ। यस पवित्र तथा साझा अभियानमा NRNA चिबा सँग सहकार्य गर्दै हातेमालो गर्न इच्छुक सम्पूर्ण महानुभावहरूलाई आज आयोजित कार्यक्रममा उपस्थित भई आफ्नो अमूल्य योगदान दिन हार्दिक अनुरोध गर्दछौं।
हामी सबैको साझा प्रयास र एकताले मात्र यस महत्त्वपूर्ण सांस्कृतिक अभियानलाई सफल बनाउन सकिने विश्वास लिएका छौं।
दोस्रो चिबा नेपाल कल्चरल फेस्टिभल २०२६
मूल आयोजक समिति परिवार 🇳🇵🇯🇵



