गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् जापान, क्षेत्रीय समन्वय परिषद् चिबाद्वारा आयोजित “दोस्रो चिबा नेपाल सांस्कृतिक फेस्टिवल २०२६” घोषणा सभामा सहभागी भई कार्यक्रमलाई भव्य तथा सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने NRNA ICC का निवर्तमान अध्यक्ष महेश श्रेष्ठ ज्यू, NRNA ICC का वरिष्ठ उपाध्यक्ष रबिन प्रसाद सेरचन ज्यू, NRNA NCC Japan का अध्यक्ष सुभाष लामिछाने ज्यू, नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष रविन्द्र श्रेष्ठ ज्यू, साथै विभिन्न संघ–संस्थाका प्रतिनिधिज्यूहरू, पत्रकारज्यूहरू, सल्लाहकारज्यूहरू लगायत उपस्थित सम्पूर्ण अतिथिगणप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।
२०२६ सेप्टेम्बर १९ तारिख (शनिबार) र २० तारिख (आइतबार) दुई दिने “दोस्रो चिबा नेपाल सांस्कृतिक फेस्टिवल २०२६” चिबाको प्रसिद्ध शहर फुनाबाशी स्थित फुनाबाशी केइबाज्यो (रेसकोर्स) मा आयोजना गरिने घोषणा गरिएको छ।
उक्त कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरूबाट प्राप्त सल्लाह, सुझाव तथा सकारात्मक प्रतिक्रियाका आधारमा “दोस्रो चिबा नेपाल सांस्कृतिक फेस्टिवल २०२६” सफलतापूर्वक सम्पन्न गर्न मूल आयोजक समिति तथा विभिन्न उप–समितिहरू गठन गरिएको जानकारी गराउन चाहन्छौँ।
गठित मूल आयोजक समितिमा NRNA Chiba कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यज्यूहरू, NRNA Chiba का सम्पूर्ण सल्लाहकारज्यूहरू स्वतः सदस्य रही, चिबामा क्रियाशील विभिन्न संघ–संस्थाका अध्यक्षज्यूहरू तथा अग्रज व्यक्तित्वहरू समेत समावेश गरी जम्मा ९९ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ।
साथै, फेस्टिवललाई व्यवस्थित, प्रभावकारी तथा भव्य रूपमा सम्पन्न गर्न निम्नानुसार उप–समितिहरू गठन गरी संयोजक चयन गरिएको छ।


