प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति

उपर्युक्त विषयमा, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापान, क्षेत्रीय समन्वय परिषद् चिबाद्वारा आयोजना गरिन लागेको “NRNA Chiba निबन्ध लेखन प्रतियोगिता–२०२६ (शृङ्खला–२)” कार्यक्रमबारे सम्पूर्ण सरोकारवालाहरूलाई जानकारी गराइन्छ।
उक्त कार्यक्रमको मुख्य उद्देश्य लेखन कलामार्फत नेपाली भाषा तथा साहित्यको प्रवर्द्धन गर्नुका साथै जापानमा रहनु भएका नेपाली समुदायलाई समसामयिक विषयवस्तुहरूप्रति सुसूचित गराउनु रहेको छ।
हामीलाई प्राप्त भएका तपाईंहरूका अमूल्य सिर्जनाहरूलाई निष्पक्ष ढङ्गले मूल्याङ्कन गरी उत्कृष्ट १० जना प्रतिस्पर्धीहरूको नाम मिति २०२६ मार्च १६ गते, सोमबार, दिउँसो ठीक १:०० बजे हाम्रो आधिकारिक Facebook Page मार्फत सार्वजनिक गरिने जानकारी यसै प्रेस विज्ञप्तिमार्फत गराइन्छ।
सबै सहभागी तथा सहयोगीहरूलाई हार्दिक धन्यवाद।

Leave a Reply

Your email address will not be published. Required fields are marked *