Loading Events

« All Events

  • This event has passed.

NRNA CHIBA निबन्ध लेखन तथा वाचन प्रतियोगिता २०२४

May 12 @ 3:00 am June 28 @ 3:00 am JST

एनआरएनए चिबा निबन्ध लेखन तथा वाचन प्रतियोगिता २०२४ लागि निबन्ध आह्वान

यस प्रतियोगिताको लागि तोकिएको समयभित्रमा दिइएको ईमेल अथवा एनआरएनए चिबाको वेबसाइट nrnachiba.com मार्फत निबन्ध पठाउनुपर्नेछ । अन्यथा अमान्य हुनेछ । जापानमा रहेका नेपाली र नेपाली भाषीहरुले मात्र नेपाली भाषामा निबन्ध पठाउन सकिनेछ ।


प्राप्त हुने सबै निबन्धहरूलाई पहिलो चरणमा निर्णायक मण्डल आन्तरिक समूहले छाँट्ने काम गर्नेछ । आन्तरिक छनोटबाट प्राप्त भएका निबन्ध मध्येबाट १० निबन्धलाई
निर्णायक समूहले प्रथम, द्वितीय र तृतीयका साथै ‘एनआरएनए चिबा उत्कृष्ट निबन्ध, २०२४’ पुस्तकका लागि थप छानेर पठाउनेछ । निर्णायक समूहको निर्णय नै अन्तिम मानिनेछ ।

प्रतियोगितामा सर्वोत्कृष्ट तीन निबन्धलाई क्रमशः ७० हजार र ५० हजार र २० हजार येन नगद राशिका साथ पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ । अन्तिम चरणसम्म पुग्न सफल उत्कृष्ट १० निबन्धलाई सान्त्वना पुरस्कार स्वरूप जनही ५ हजार येन र पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ । निबन्धको संग्रहित पुस्तक प्रकाशन गरिनेछ ।
निबन्ध प्रतियोगिताको नतिजा गते एक विशेष समारोहबीच सार्वजनिक गरिनेछ ।

सर्त तथा नियम :
– रचना नेपाली भाषामा लेखिएको मौलिक निबन्ध हुनुपर्नेछ ।
– अन्य प्रतियोगिताका लागि पठाइएका निबन्ध दोहोर्‍याएर पठाउन पाइने छैन ।
– निबन्ध अप्रकाशित र अप्रसारित हुनुपर्नेछ । नतिजा सार्वजनिक नहुञ्जेल प्रतियोगितामा पठाइएको निबन्ध कतै पनि प्रकाशन वा प्रसारण गर्न पाइने छैन ।
– छनोटमा परेका निबन्ध अन्य माध्यममा प्रकाशन वा प्रसारण भएको पाइएमा पुरस्कार निलम्बन गरिनेछ ।
– ‘एनआरएनए चिबा निबन्ध प्रतियोगिता’मा भाग लिने उद्देश्यले पठाइएका निबन्ध पुस्तकका रूपमा प्रकाशन भइसकेपछि अन्यत्र प्रकाशन वा प्रसारण गर्न एनआरएनए चिबासंग पूर्वस्वीकृति अनिवार्य छ ।
– निबन्ध कम्तीमा १५०० शब्द र बढीमा २००० शब्दसम्मको हुनुपर्नेछ ।
– प्रतियोगीले निबन्धसँगै आफ्नो छोटो परिचय, सम्पर्क मोबाइल नम्बर र हालसालै खिचिएको फोटो अनिवार्य पठाउनुपर्नेछ ।
– प्रतियोगिताका लागि छानिएका प्रतियोगीलाई एनआरएनए चिबाले इमेल तथा फोनमार्फत सम्पर्क गर्नेछ ।

निबन्ध पठाउनका लागि :
इमेल : nrnachiba@gmail.com
एनआरएनए चिबाको वेबसाइट : nrnachiba.com

निबन्ध पठाउनका लागि तल को फोर्म भर्नु होला ।

NRNA CHIBA

View Organizer Website