गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् जापान अन्तर्गत NRNA Chiba ले प्रत्येक महिनामा विभिन्न समसामयिक तथा महत्वपूर्ण विषयवस्तुहरूमा राम्रो ज्ञान र अनुभव भएका विशिष्ट अतिथिहरूसँग अनलाइन लाइभ वेबिनार कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ।
यसै सिलसिलामा NRNA Chiba Webinar Program को तेस्रो एपिसोड अन्तर्गत
जापानमा अध्ययन गर्न आउन लागेका विद्यार्थीहरूले अनिवार्य रूपमा जान्नुपर्ने आधारभूत विषयवस्तुहरू तथा आवश्यक तयारीहरू सम्बन्धी प्रत्यक्ष जानकारी प्रदान गर्ने उद्देश्यले,
आदरणीय अतिथि वक्ता Kamal Bastola ज्यू र Rajan Pant ज्यू सँग अन्तरक्रियात्मक कुराकानी कार्यक्रम आयोजना गर्न लागिएको जानकारी गराइन्छ।
उक्त कार्यक्रम NRNA Chiba Official Page मार्फत Facebook Live तथा TikTok Live बाट प्रत्यक्ष प्रसारण गरिनेछ।
लाइभ कार्यक्रममा सहभागी भई आफ्ना जिज्ञासा तथा प्रश्नहरू राखेर कार्यक्रमलाई अझ प्रभावकारी बनाउन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौँ।
कार्यक्रम विवरण
मिति: 2026/03/07 (शनिबार)
समय: बेलुका 7:00 बजेदेखि
प्लेटफर्म: Facebook Live, TikTok Live (NRNA Chiba Official Page)

