“NRNA Chiba निबन्ध लेखन प्रतियोगिता–२०२६ (शृङ्खला–२)”

गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद् जापान, क्षेत्रीय समन्वय परिषद् चिबाद्वारा आयोजना गरिन लागेको “NRNA Chiba निबन्ध लेखन प्रतियोगिता–२०२६ (शृङ्खला–२)” कार्यक्रमबारे सम्पूर्ण सरोकारवालालाई अवगत गराइन्छ।
निबन्ध तथा लेखनमा रुचि राख्नु हुने लेखकज्यूहरूका लागि निबन्ध बुझाउने अन्तिम मिति सुरुमा २०२६ जनवरी ३१ सम्म तोकिएको थियो। उक्त अवधिभित्र धेरै लेखकज्यूहरूले आफ्ना उत्कृष्ट निबन्धहरू पेश गरिसक्नु भएको छ। तर विभिन्न व्यस्तताका कारण केही लेखकज्यूहरूले समयमै निबन्ध पेश गर्न नसकेको भन्दै थप समयको माग आएको हुँदा, यस विषयमा क्षेत्रीय कार्यसमितिको बैठकमार्फत छलफल गरी निबन्ध बुझाउने मिति २०२६ फेब्रुअरी ८ सम्म थप गर्ने निर्णय गरिएको जानकारी गराइन्छ।
यस प्रतियोगिताको मुख्य उद्देश्य लेखन कलामार्फत नेपाली भाषा तथा साहित्यको प्रवर्द्धन गर्नुका साथै जापानमा रहनु भएका नेपाली समुदायलाई समसामयिक विषयवस्तुहरूप्रति सुसूचित गराउनु रहेको छ। मिति थप गरिएको यस अवसरमा आफ्नो लेखन क्षमता प्रस्तुत गर्न चाहनु हुने सम्पूर्ण लेखकवर्गलाई तोकिएको समयावधिभित्र आफ्ना निबन्धहरू पेश गर्न हार्दिक अनुरोध गर्दछौँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *