BEGIN:VCALENDAR
VERSION:2.0
PRODID:-//NRNA CHIBA - ECPv6.0.5//NONSGML v1.0//EN
CALSCALE:GREGORIAN
METHOD:PUBLISH
X-ORIGINAL-URL:https://nrnachiba.com
X-WR-CALDESC:Events for NRNA CHIBA
REFRESH-INTERVAL;VALUE=DURATION:PT1H
X-Robots-Tag:noindex
X-PUBLISHED-TTL:PT1H
BEGIN:VTIMEZONE
TZID:Asia/Tokyo
BEGIN:STANDARD
TZOFFSETFROM:+0900
TZOFFSETTO:+0900
TZNAME:JST
DTSTART:20231231T150000
END:STANDARD
END:VTIMEZONE
BEGIN:VEVENT
DTSTART;TZID=Asia/Tokyo:20240512T030000
DTEND;TZID=Asia/Tokyo:20240628T030000
DTSTAMP:20260505T204955
CREATED:20240511T165601Z
LAST-MODIFIED:20240611T133128Z
UID:1939-1715482800-1719543600@nrnachiba.com
SUMMARY:NRNA CHIBA निबन्ध लेखन तथा वाचन प्रतियोगिता २०२४
DESCRIPTION:एनआरएनए चिबा निबन्ध लेखन तथा वाचन प्रतियोगिता २०२४ लागि निबन्ध आह्वान \n\n\n\nयस प्रतियोगिताको लागि तोकिएको समयभित्रमा दिइएको ईमेल अथवा एनआरएनए चिबाको वेबसाइट nrnachiba.com मार्फत निबन्ध पठाउनुपर्नेछ । अन्यथा अमान्य हुनेछ । जापानमा रहेका नेपाली र नेपाली भाषीहरुले मात्र नेपाली भाषामा निबन्ध पठाउन सकिनेछ । \n\n\n\nप्राप्त हुने सबै निबन्धहरूलाई पहिलो चरणमा निर्णायक मण्डल आन्तरिक समूहले छाँट्ने काम गर्नेछ । आन्तरिक छनोटबाट प्राप्त भएका निबन्ध मध्येबाट १० निबन्धलाईनिर्णायक समूहले प्रथम\, द्वितीय र तृतीयका साथै ‘एनआरएनए चिबा उत्कृष्ट निबन्ध\, २०२४’ पुस्तकका लागि थप छानेर पठाउनेछ । निर्णायक समूहको निर्णय नै अन्तिम मानिनेछ । \n\n\n\nप्रतियोगितामा सर्वोत्कृष्ट तीन निबन्धलाई क्रमशः ७० हजार र ५० हजार र २० हजार येन नगद राशिका साथ पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ । अन्तिम चरणसम्म पुग्न सफल उत्कृष्ट १० निबन्धलाई सान्त्वना पुरस्कार स्वरूप जनही ५ हजार येन र पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ । निबन्धको संग्रहित पुस्तक प्रकाशन गरिनेछ ।निबन्ध प्रतियोगिताको नतिजा गते एक विशेष समारोहबीच सार्वजनिक गरिनेछ । \n\n\n\nसर्त तथा नियम :– रचना नेपाली भाषामा लेखिएको मौलिक निबन्ध हुनुपर्नेछ ।– अन्य प्रतियोगिताका लागि पठाइएका निबन्ध दोहोर्‍याएर पठाउन पाइने छैन ।– निबन्ध अप्रकाशित र अप्रसारित हुनुपर्नेछ । नतिजा सार्वजनिक नहुञ्जेल प्रतियोगितामा पठाइएको निबन्ध कतै पनि प्रकाशन वा प्रसारण गर्न पाइने छैन ।– छनोटमा परेका निबन्ध अन्य माध्यममा प्रकाशन वा प्रसारण भएको पाइएमा पुरस्कार निलम्बन गरिनेछ ।– ‘एनआरएनए चिबा निबन्ध प्रतियोगिता’मा भाग लिने उद्देश्यले पठाइएका निबन्ध पुस्तकका रूपमा प्रकाशन भइसकेपछि अन्यत्र प्रकाशन वा प्रसारण गर्न एनआरएनए चिबासंग पूर्वस्वीकृति अनिवार्य छ ।– निबन्ध कम्तीमा १५०० शब्द र बढीमा २००० शब्दसम्मको हुनुपर्नेछ ।– प्रतियोगीले निबन्धसँगै आफ्नो छोटो परिचय\, सम्पर्क मोबाइल नम्बर र हालसालै खिचिएको फोटो अनिवार्य पठाउनुपर्नेछ ।– प्रतियोगिताका लागि छानिएका प्रतियोगीलाई एनआरएनए चिबाले इमेल तथा फोनमार्फत सम्पर्क गर्नेछ । \n\n\n\nनिबन्ध पठाउनका लागि :इमेल : nrnachiba@gmail.comएनआरएनए चिबाको वेबसाइट : nrnachiba.com \n\n\n\nनिबन्ध पठाउनका लागि तल को फोर्म भर्नु होला ।
URL:https://nrnachiba.com/event/nrna-chiba-nibandha-event/
ATTACH;FMTTYPE=image/jpeg:https://nrnachiba.com/wp-content/uploads/2024/05/Nibandha-website-cover-01-scaled.jpg
ORGANIZER;CN="NRNA%20CHIBA":MAILTO:nrnachiba@gmail.com
END:VEVENT
END:VCALENDAR